Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


श्रीलंकालीको मुटुमा नेपाल – राष्ट्रपति राजापाक्षे


0
Shares

काठमाडौं । श्रीलंकाका निर्वाचित राष्ट्रपति गोतावया राजापाक्षेले गौतम बुद्धको जन्मभूमि नेपाल श्रीलंकालीहरूको मन मस्तिक र मुटुमा विशेष स्थानमा रहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजापक्ष श्रीलंकाको राष्ट्रपति पदमा निर्वाचित हुन सफल भएको अवसरमा दिएको बधाई तथा शुभकामना ट्विटको प्रतिउत्तरमा उनले यस्तो बताएका हुन्।

साथै राजापाक्षेले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको सहअस्तित्व र यसको आर्थिक उन्नतीमा सघाउ पुर्याउन प्रयत्नरत हुने जवाफ दिँदै प्रधानमन्त्री ओलीसँग निकट भविष्मा भेट हुनेमा आफु आश्वस्त रहेको जवाफ दिएका छन् ।

उनलाई बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले आफू श्रीलंकासँग घनिष्ठता कायम गर्दै नेपाल र श्रीलंकाबीचको बहुआयामिक र ऐतिहासिक न्यानो सम्बन्धलाई थप सुदृढ र बलियो बनाउन चाहेको उल्लेख गरेका थिए ।

राजापक्षले श्रीलंकामा तामिल विद्रोहीलाई दबाउन मुख्य भूमिका खेलेका थिए । श्रीलंका बौद्ध धर्मावलम्बीको बाहुल्यता भएको देश हो ।

गतवर्ष सेप्टेम्बरमा तत्कालिन श्रीलंकाली राष्ट्रपति मैथ्रिपाला श्रीसेनाले सपत्नी लुम्बिनीको भ्रमण गरेका थिए।