
काठमाडौं । बैंक अफ काठमाण्डूले शुक्रबार देखि भाइबर बैंकिङ्ग सेवा सुरु गरेको छ ।
बैंकले ग्राहकको सुविधालाई ध्यानमा राखेर यो सुविधा संचालन गरेको हो ।
भाइबर बैंकिङ्ग सेवामार्फत ग्राहकहरुले सहज रुपमा आफ्नो मोबाइलबाटै आफ्नो खाता र अरु बैंकिङ्ग सेवाबारे जानकारी लिनसक्ने व्यवस्था गरिएको छ ।
रजिष्टर्ड भाइबर बैंकिङ्ग सेवा लिनका लागि ग्राहकको मोबाईल नम्बर यस बैंकको ‘बुक स्मार्ट’ बैंकिङ्ग सेवामा दर्ता गरिएको हुनुपर्ने छ ।
भाइबर बैंकिङ्ग सेवामार्फत आफ्नो खातामा रहेको रकम, स्टेटमेन्ट, एकाउन्ट जानकारी लगायत विनिमय दर, बैंकिङ्ग समय, शाखा र एटिएम स्थानलगायत अरु जानकारी लिन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्