Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


चर्चा बटुल्दै गायक सुनिल गिरीको कौरा गीत ‘जाम क्यारे माया’


0
Shares

काठमाडौं । लोकपप गायक सुनिल गिरीको नयाँ कौरा गीत ‘जाम क्यारे माया’ रिलिज भए लगत्तै राम्रो चर्चा बटुल्न सफल भएको छ ।

गायक गिरीकै च्यानलबाट सार्वजनिक गरिएको गीतमा सुनिल र मेलिना राईको स्वर रहेको छ । गीतको शब्द तथा संकलन पनि गिरी स्वयंले नै गरेका हुन् ।

भिडियोमा सुनिल गिरी स्वयंम र उर्मिला गुरुङ फिचर्ड छन् ।  गीत सार्वजनिक भएको एक सातासम्म लगातार युट्युब ट्रेन्डिङमा बस्न सफल भएको छ ।

मनाङ गुरुङको कोरियोग्राफी, अनिल कृष्ण मानन्धरको छायांकन रहेको गीतको पवन सिंम्खडाले सम्पादन गरेका हुन् ।