२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


हङकङमा सुरक्षाकर्मीमाथि पेट्रोल बम प्रहार, प्रहरी गम्भीर घाइते


0
Shares

काठमाडौं । हङकङमा लोकतन्त्र पक्षधरहरुले गरेको आन्दोलन झन-झन चर्कदैं गएको छ ।

हङकङका विश्वविद्यालय र कलेज अगाडि भेला भएका प्रदर्शनकारीहरुले ठाउँ-ठाउँमा आगजनी गरेका छन् । 

 हङकङको पोलिटेक्निक युनिभर्सिटीको प्रवेशद्धारमा भेला भएका प्रदर्शनकारीहरुले पेट्रोल बम प्रहार गरेपछि आगजनी भएको हो ।

यसैबीच हङकङका एक प्रहरी अधिकारी प्रदर्शनकारीले हानेको वाण लागि घाइते भएका छन् । उनको स्थिति गम्भीर रहेको बीबीसीले जनाएको छ ।

स्थिति निन्यन्त्रणमा लिने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपकै क्रममा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् ।

प्रहरीले धरपकड गर्दा थुप्रै प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनकारीहरुले प्रहरीमाथि पेट्रोल बम र ढुंगा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाही स्वरुप अश्रुग्यास र पानीको फोहोरा प्रहार गर्दा उनीहरु घाइते भएका हुन् ।

प्रदर्शन गर्न रोक लगाइएका ठाउँहरुमा आन्दोलनकारीले र्‍याली निकालेपछि प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्याँस प्रहार गरको हो ।

जसका कारण कयौं व्यापारीक संयन्त्रहरुमा क्षति पुगेको छ । सुपुर्दगी विधेयकको विरोधमा सुरु भएको प्रदर्शन अहिले लोकतन्त्रका विभिन्न मुद्दामा केन्द्रित रहने गरेका छन् ।

हङकङको प्रदर्शन महिनौंसम्म जारी छ । हङकङ मामिला आफनो आन्तरिक भएको बताउँदै आएको चीनले प्रदर्शनकारीलाई चेतावनी दिएपछि आन्दोलनले झन उग्र रुप लिएको छ । (एजेन्सी)