Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


राजपाक्षे श्रीलंकाका राष्ट्रपति हुने पक्का


0
Shares

काठमाडौं । गोतबाया राजपाक्षे श्रीलंकाका नयाँ राष्ट्रपति हुने पक्का भएको छ ।

शनिबार भएको राष्ट्रपतिको चुनावमा उनले ५४ प्रतिशत बढी मत पाएका छन् । राजापाक्षेले सत्तारूढ दल युनाइटेड नेशनल पार्टीका उम्मेदवार सजिथ प्रेमदासालाई हराएका हुन् ।

सजिथले हार स्वीकार गर्दै राजपाक्षेलाई बधाई दिएका छन् । गोतबाया पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेका भाइ हुन्। राजापाक्षेको सरकारमा गोतबाया रक्षा सचिव थिए।

सात महिनाअघि भएको २५९ जनाको ज्यान जाने गरी भएको इस्टर आक्रमणपछि श्रीलंकामा १५ वर्षयताकै आर्थिक मन्दी भएको छ।

यही बीचमा भएको चुनावमा मतदाताले विपक्षी दलका ७० वर्षीय उम्मेदवार राजापाक्षेलाई चुनेका हुन्। गोतबायाका दाजु महिन्दा सन् २००५ देखि २०१५ सम्म श्रीलंकाका राष्ट्रपति भएका थिए।

उनले तमिल विद्रोही समूह लिट्टेलाई छिन्नभिन्न बनाएका थिए। राजापाक्षेले सोमबारसम्म सपथ लिने बताइएको छ। (एजेन्सी)