
एजेन्सी । कोपा अमेरिका फुटबलमा आज बिहान भएका खेलमा पाराग्वेले चिलीमाथि २–० को जित निकाल्यो । पाराग्वेका लागि सामु र मिग्वेल अल्मीरनले एक एक गोल गरे ।
जितसँगै उरुग्वे र पारग्वेले प्रतियोगिताको क्वाटरफाईनलमा स्थान बनाएका छन् । समुह ‘ए’ को अंक तालिकामा अर्जेन्टिना ७ अंहसहित शिर्ष स्थानमा छ ।
६ अंक जोडेको पाराग्वे दोस्रो स्थानमा उक्लिंदा ५ अंकसहित चिली तेस्रो स्थानमा झरेको छ ।
चौथो स्थानको उरुग्वेको ४ अंक छ भने अंकबिहिन बोलिभिया पाँचौ स्थानमा रहेको छ ।
समुहका ५ मध्ये बोलिभिया बाहेक अन्य ४ टोली क्वाटरफाईनलमा पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्