लुम्बिनी प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित « Image Khabar


लुम्बिनी प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित


Imagekhabar
९ असार २०७८, बुधबार १७:३०

lumbini pradesh sabha

बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

मंगलबार दिउँसो बोलाइएको आठौं अधिवेशनको १० औं बैठक सूचना टाँसेर स्थगित गरिएको हो । आगामी बैठक असार २७ गते दिउँसो १ बजे बोलाइएको छ ।

यसअघि असार १ गते प्रस्तुत बजेटका विषयमा छलफल गर्न असार ६ गते बोलाइएको प्रदेशसभाको बैठक विपक्षी दलहरूले बहिष्कार गरेपछि मंगलबारका लागि बोलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्