Logo २६ श्रावण २०८३, मंगलबार | Wed Aug 12 2026


उत्तर कोरियाली लगानीका होटल-रेष्टुरेन्ट बन्द गर्न राष्ट्रसंघको परिपत्र


26
Shares

काठमाडौं । संयसक्त राष्ट्रसंघले उत्तर कोरियाली नागरिकले सञ्चालन गरेको सबै व्यापार व्यवसय बन्द गर्न नेपाललाई निर्देशन दिएको छ ।

राष्ट्रसंघ मातहत गठित निकाय कोअर्डिनेटर अफ युनाइटेड नेसन्स सेक्युरिटी काउन्सिल प्यानल अफ एक्स्पर्टले साउन पहिलो साता परराष्ट्र मन्त्रालयलाई पत्र लेखी उत्तर कोरियाली मुलुक तथा नागरिकको स्वामित्वमा सञ्चालित सबै उद्योग व्यवसाय बन्द गर्न निर्देशन दिएको हो ।

समाचारमा लेखिएको छ, राष्ट्रसंघले आफ्नो परिपत्र बाध्यकारी रुपमा लागू गर्न पनि नेपाललाई सचेत गराएको छ ।

राष्ट्रसंघले प्रतिबन्ध लगाएका मुलुकले विश्वभर व्यापार व्यवसाय वा अन्य कुनै काम गर्न नपाइने र यो प्रावधानको नेपाल सदस्य राष्ट्र भएको पनि पत्रमा स्मरण गराइएको छ ।

नेपालस्थित उत्तर कोरियाली राजदूतावासका कतिपय कर्मचारी काठमाडौंका होटल रेस्टुरामा संलग्न रहेको बताइएको छ ।

परिपत्र कार्यान्वयनका लागि राष्ट्रसंघले साउन २७ गते सम्मको समय दिएको छ ।  -कारोबार दैनिकबाट