कर्णाली प्रदेशसभाको बैठक पुनः स्थगित « Image Khabar


कर्णाली प्रदेशसभाको बैठक पुनः स्थगित


Imagekhabar
८ असार २०७८, मंगलवार १७:५३

काठमाडौं, असार ८ । कर्णाली प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ ।

मंगबार बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

असार १ गते सरकारले बजेट सार्वजनिक गरेपछि बसेका बैठक स्थगित हुँदै आएको छ ।

अर्को बैठक असार ११ गते दिउँसो २ बजे बोलाइएको सभामुख राजबहादुर शाहीले जानकारी दिनुभएको छ ।

पुनर्वहाली भएका चार सांसदको मुद्दा विचाराधीन भएकाले सदन पनि स्थगित भइरहेको बताइएको छ ।

एमाले प्रदेश संसदीय दलले आफ्ना मन्त्रीलाई फिर्ता हुन निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्