२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


लुम्बिनी प्रदेशमा जसपा ठाकुर पक्षले सोध्यो यादव पक्ष सांसदलाई स्पष्टीकरण


0
Shares

काठमाडौं, असार ८ । जनता समाजवादी पार्टी (जसपा) नेपाल महन्थ ठाकुर पक्षले लुम्बिनी प्रदेशमा उपेन्द्र यादव पक्षीय दुई प्रदेश सांसदलाई स्पष्टीकरण सोधेको छ ।

अध्यक्ष ठाकुरको तर्फबाट कार्यकारिणी सदस्य केशव झाले एक विज्ञप्ति जारी गरी प्रदेश सांसद सहसराम यादव र पुरमति ढेंगामगरलाई स्पष्टीकरण सोधिएको हो ।

जसपा लुम्बिनी प्रदेश संसदीय दलमा ६ जना सदस्य रहेकोमा संसदीय दलले ह्वीप जारी गर्ने गरी गरेको निर्णय विपरित ह्वीप उल्लघंन गर्ने सहसराम यादव र पुरमति ढेंगामगरलाई कारवाही गर्न प्रदेश संसदीय दलका सचेतक कल्पना पाण्डेले पत्राचार गरी जानकारी गराए अनुसार उनीहरुलाई राजनीतिक दल सम्बन्धी ऐन तथा पार्टीको विधानअनुसार २४ घण्टे स्पष्टीकरण सोधिएको उल्लेख गरिएको छ ।

दुई जनालाई कारवाहीको प्रकृया अगाडि बढिरहेकोेमा अनाधिकृत व्यक्तिको नामबाट सन्तोष कुमार पाण्डे, विजय बहादुर यादव, कल्पना पाण्डे तथा सुमन शर्मा रायमाझीलाई यादव पक्षले पाँच दिने स्पष्टीकरण सोधिएको प्रति पनि ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

यादव पक्षले सन्तोष कुमार पाण्डे, विजय बहादुर यादव, कल्पना पाण्डे तथा सुमन शर्मा रायमाझीलाई स्पष्टिकरण सोधेपछि ठाकुर पक्षले पनि स्पष्टीकरण सोधेको छ ।