
काठमाडौं, कात्तिक २८ । नेपालमा ५.३ प्रतिशत महिला र ६.२ प्रतिशत पुरुषमा मधुमेह रोग देखिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ ।
स्वास्थ्य सेवा विभाग टेकुमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार गरेको कार्यक्रममा नेपालमा हालै गरिएको सर्वेक्षणमा मधुमेह रोगीको संख्या वृद्धि भएको जानकारी दिइयो ।
त्यसमा पनि महिलामा पछिल्ला पाँच वर्षमा मधुमेहको समस्या शतप्रतिशतले वृद्धि भइरहेको जनाइएको छ ।
कार्यक्रममा मधुमेह रोग विशेषज्ञ डा. दीपक मल्लले गर्भवती महिलाले अनिवार्यरुपमा मधुमेह रोगको परीक्षण गराउनुपर्ने सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस्