
काठमाडौं, साउन १२ । चिनियाँ मोबाइल उत्पादक कम्पनी हुवावेको नोभा सिरिजअन्तर्गतका ‘नोभा थ्री’ र ‘नोभा थ्री आई’ नेपाली बजारमा सार्वजनिक गरिएको छ ।
नोभा थ्री र नोभा थ्री आई दुवैमा २४ मेगापिक्सेल प्राइमरी क्यामेरा तथा २ मेगापिक्सेलको सेकेन्डरी क्यामेरा रहेको छ ।
मोबाइलमा अध्याँरो वा कम उज्यालो ठाउँमा पनि सजिलै फोटोहरु खिच्ने सुविधासमेत रहेको कम्पनीले जनाएको छ ।
हुवाइले विश्वका १७० देशहरुमा आफ्ना उत्पादनहरु पुर्याउँदै आएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्