२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


बोलिभियामा राजनीतिक तनाब


0
Shares

काठमाडौं, कात्तिक २८ । बोलिभियामा आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेकी विपक्षी सिनेटर जिनाइन अनेज र पूर्व राष्ट्रपति इभो मोरालेजका समर्थकबीच झडप भएको छ ।

नयाँ अन्तरिम राष्ट्रपतिको घोषणाविरुद्ध मोरालेजका समर्थक प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनकारी र दंगा प्रहरीबीच पनि विभिन्न ठाउँमा झडप भएको छ ।

मोरालेज समर्थित सांसदहरुले अनेजको नियुक्तिको वैधानिकतालाई चुनौति दिने बताएका छन् । तर संवैधानिक अदालतले भने अन्तरिम राष्ट्रपतिको नियुक्तिलाई अनुमोदन गरेको छ । मोरालेजको पार्टीका सांसदहरुले सिनेट बैठक बहिस्कार गरेका थिए ।

अनेजले चाँडै निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । निर्वाचनमा धाँधली भएको भन्दै विरोध चर्किएपछि आइतवार राजिनामा दिएका मोरालेज राजनीतिक शरणका लागि मेक्सिको पुगेका छन् । (एजेन्सी)