
काठमाडौं, साउन १२ । यो साता पुँजीबजारमा सामान्य वृद्धि आयो भने कारोबार घट्यो ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा साढे ९ अंकले बढेर अन्तिम दिन ११ सय ९१ अंकमा पुग्यो ।
कारोबार भएका अधिकांश समूहमा सुधार आएसँगै नेप्से सुधारिएको हो ।
यो साता नेपाल स्टक एक्सचेन्जमा १७९ कम्पनीहरुको एक अर्ब पाँच करोड ६२ लाख रुपैयाँ बराबरका ३९ लाख ४५ हजार कित्ता सेयरहरु खरिद–बिक्री भए ।
गत साता १८६ कम्पनीहरुको एक अर्ब ४५ करोड ५१ लाख रुपैयाँ बराबरका ४७ लाख ५४ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताकोभन्दा २७ प्रतिशत कम हो ।
यो साता कारोबार रकमको आधारमा नबिल बैंक, कारोबार भएको सेयर संख्याको आधारमा मेगा बैंक र कारोबार संख्याको आधारमा रैरङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहे ।
प्रतिक्रिया दिनुहोस्