९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025


डा. केसी अस्पताल भर्ना


0
Shares

कैलाली, कात्तिक २८ । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना भएका छन् ।

गएको मंगलबार १७औंपटकको अनशन स्थगित गरेका उनी चिकित्सकका सल्लाहमा बुधबार राति ८ बजेतिर अस्पताल भर्ना भएका हुन् ।

डडेल्धुरामा उनले नवौं दिनमा अनशन स्थगित गरेका थिए । बुधबार दिउँसो धनगढी आइपुगेका हुन् ।

अस्पतालको शय्याबाटै उनले सीमा अतिक्रमणको मुद्दाका कारण अनशन स्थगित गरेपनि माग पूरा नभए पुनः अनशन बस्ने चेतावनी दिए ।

जनताको स्वास्थ्यसँग जोडिएका मुद्दालाई गम्भीररुपमा लिन र आफूसँग गरेका प्रतिबद्धता कार्यान्वयन गर्न सरकारसँग उनले आग्रह गरे ।

सेती प्रादेशिक अस्पतालका डा. निराजनदत्त शर्मा पौड्यालले डा. केसीलाई आरामको आवश्यकता रहेको बताए । अनशनका कारण डा. केसीको स्वास्थ्यमा समस्या देखिएको हो ।