Logo २७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026


निषेधाज्ञाबारे थप निर्णय गर्न प्रमुख जिल्ला अधिकारीहरूको आज बैठक बस्दै


0
Shares

काठमाडौं । निषेधाज्ञाबारे छलफल गरेर थप निर्णय गर्न लिन काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूको आज बैठक बस्दैछ ।

आज दिउसो ३,४ बजे काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअहरूको बैठक बस्न लागको हो ।

निषेधाज्ञा थप गर्ने वा खुकुलो बनाउँने र कुन-कुन क्षेत्र खुल्न दिने भन्नेबिषयमा छलफल गरेर निर्णय गरिने प्रजिअहरुले बताइएका छन् ।

खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खोल्न पाइन्छ भने निर्माण सामग्री विक्री गर्ने पसल अपरान्ह ४ बजेपछि खुल्दै आइरहेकाबेला निश्चित समय दिएर कपडा पसललगायत पनि खुल्न दिनेबारे छलफल भइरहेको छ ।

त्यस्तै, जोखिम भने कायमै रहेकोले निषेधाज्ञा एक साता बढाउने तयारी भइरहेकाे छ। यसअघि असार दोस्रो सातादेखि स्मार्ट लकडाउन गर्ने निर्णय भएकाे छ। भने जोररबिजोर कायम हुने गरी सवारी साधन चल्न दिने वा नदिने भन्रने विषयमा भने निर्णय भइनसकेको जनाएकाे छ । ,