१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


सिंचाइ सुविधा नहुँदा सर्लाहीका किसानले रोपाइँ गर्न पाएनन्


0
Shares

प्रकाश मैनाली (इमेज)

सर्लाही, साउन १२ । सिँचाइ सुविधा नहुँदा सर्लाहीका कतिपय किसानले मध्य साउन हुँदासमेत रोपाइँ गर्न पाएका छैनन् ।

यहाँका अधिकांश किसान अकाशेवर्षाकै भरमा रोपाइँ गर्न बाध्य हुँदै आएका छन् ।

सर्लाहीको उत्तरी र पूर्वी भेगमा सिँचाइको असुविधा छ । पर्याप्त वर्षा नहुँदा यहाँका किसानले रोपाइँ गर्न पाएका छैनन् ।

पर्याप्त वर्षा हुन नसकेपछि किसानहरु चर्को मूल्यमा इन्धन किनेर पप्पी सेट चलाउन बाध्य भएको बयलवासका किसान विष्णु मैनालीले बताए ।

जिल्लाको पश्चिमी र दक्षिणी भेगमा बागमती सिँचाइको नहरबाट सिँचाइको व्यवस्था गरिएको छ । तर, अरु क्षेत्रमा नहर पुग्न सकेको छैन ।

सिँचाइको असुविधा रहेको क्षेत्रका स्थानीय तहबाट किसानलाई सहजता हुने किसिमले वैकल्पिक व्यवस्थाको तयारी भइरहेको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाइँले जानकारी दिए ।

कृषि विकास कार्यालयकाअनुसार सिँचाइ सुविधा रहेको क्षेत्रमा अहिलेसम्म ७० प्रतिशतको हाराहारीमा रोपाइँ सकिएको छ ।

तर, आकाशेपानीको भरमा खेती हुने क्षेत्रमा भने खेत बाँझै रहेको कृषि विकास कार्यालय सर्लाहीका प्राविधिक गणेशप्रसाद सिंहले बताए ।

सर्लाहीमा करिब ४५ हजार हेक्टर जग्गामा धानखेती हुने गरेको छ ।