Logo २१ माघ २०८२, बुधबार | Thu Feb 5 2026


जोकोविचलाई हराउँदै डोमिनिक थिएम सेमिफाइनलमा प्रवेश


0
Shares

काठमाडौं । विश्व नम्बर दुई नोभाक जोकोविचलाई हराउँदै डोमिनिक थिएम एटिपी फाइनल्स टेनिसको सेमिफाइनलमा पुगेका छन् ।

राउण्ड रोबिन लिग अन्तर्गत भएको खेलमा सर्बियाका जोकोविचलाई पराजित गरेर अस्ट्रियाका थिएम सेमिफाइनलमा पुग्ने पहिलो खेलाडी बनेका हुन् ।

उनले जोकोविचलार्य ६–७, ६–३ र ७–६ को सेटमा पराजित गरेका हुन् । थिएमसँग पराजित भएसँगै सेमिफाइनलमा स्थान बनाउनका लागि जोकोविचले समूह चरणको अर्को खेलमा रोजर फेडेररसँग प्रतिस्पर्धा गर्नु पर्ने भएको छ ।

राउण्ड रोबिन अन्तर्गतको आफ्नो पहिलो खेलमा फेडेरर थिएमसँग पराजित भएका थिए । तर दोस्रो खेलमा उनले इटालीका मातेओ बेर्रतिनीलाई पराजित गरेर लयमा फर्किएका छन् ।

मातेओलाई ७–६ र ६–३ को सेटमा पराजित गरेर फेडेररले सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै राखेका छन् । तर त्यसका लागि २० ग्राण्ड सलाम विजेता फेडेररले १६ ग्राण्ड सलाम विजेता जोकोविचसँग प्रतिस्पर्धा गर्नु पर्नेछ ।