Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


४७ हजार सुँगुरको रगतले भयो नदी नै रक्ताम्य


0
Shares

काठमाडौं । उत्तर तथा  दक्षिण कोरियाको सीमा नजिक एक नदी रगतले पुरै रातो भएको छ ।

देशमा ‘अफ्रिकन स्वाइन फेवर’ फैलने खतरा ज्यादा भएपछि दक्षिण कोरियाको प्रशासनले रोग फैलिन नदि सुँगुर मारेपछि उक्त रगत नदीमा मिल्दा नदी नै रातो भएको हो ।

यस रोग फैलन रोक्नका लागि दक्षिण कोरियाको प्रशासनले ४७ हजार सुँगुर मार्नको लागि आदेश दिएको थियो ।

अत्यधिक पानी परिरहेका कारण सीमा नजिकबाट रगत इमजिन नदीमा मिलेपछि नदी नै रातो देखिएको छ ।

‘अफ्रिकन स्वाइन फेवर’ खतरनाक छ जुन सुँगुरलाई लाग्ने गर्दछ । यो रोग लागेपछि सुँगुर बच्ने सम्भावना हुन्न ।

तर यो रोग मानिसमाा भने सर्दैन् । स्थानीय अधिकारीले भने नदीमा बगेको रगतले अन्य जनावरलाई संक्रमण नहुने दाबी गरेका छन् ।  (एजेन्सी)