
किरण थापा
सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र हेलम्बुको नाकोते हुँदै आएको बाढीले हेलम्बु गाँउपालिकाको तिम्बु र चनौटे बजारमा वितण्डा मच्चाएको छ ।
अविरल बर्षापछि आएके बाढीले हेलम्बु गाँउपालिकाको बगर क्षेत्रमा रहेकोे ट्राउट फर्म, रिसोर्टहरूमा बाढीले क्षति पुर्याएको छ । बाढीका बारण ५ जना भन्दा धेरै बेपत्ता भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हेलम्बुदेखि मेलम्ची सम्मका खोला आसपासमा रहेका बस्तीहरूमा स्थानीयहरू सुरक्षित स्थानको खोजीमा माथिल्लो भागमा गएर बसिरहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाका अनुसार हेलम्बुमा रहेको प्रहरी कार्यालय भवनसम्म बाढी पसेको छ ।
सडकहरू बगाएको स्थानीयले जानकारी दिएका छन् । मेलम्ची आयोजनाको काम गर्नेहरू बस्ने चाईनिज क्याम्पमा समेत बाढी पसेको छ । अम्बाथानको सशस्त्र क्याम्प पनि जोखिममा रहेको डिएसपी सापकोटाले जानकारी दिनुभयो । अझैसम्म निरन्तर बाढी बढिरहेकाले जाेखिम हुनसक्ने आँकलन गरिएकाे छ । मेलम्चीकाे आमा ह्योल्मो बसपार्क समेत बाढीले बगाएको छ । बाँकी क्षतिको विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्