Logo २१ माघ २०८२, बुधबार | Thu Feb 5 2026


नेपालद्वारा कीर्गिस्तान पराजित


0
Shares

काठमाडौं, कात्तिक २५ । बंगलादेशमा जारी ‘एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप’मा नेपालले कीर्गिस्तानलाई पराजित गरेको छ ।

ढाका, मिरपुरस्थित सहिद शुरवार्दी इन्डोर हलमा सोमबार भएको दोस्रो खेलमा नेपालले कीर्गिस्तानलाई ३–० सेटले पराजित गरेको हो ।

नेपालले पहिलो सेट २५–१५ अंकले आफ्नो पक्षमा पार्‍यो भने दोस्रो सेट २५–१९ अंकले तथा तेस्रो सेट २५–२० अंकले जितेको हो ।

यसअघि, नेपालले पहिलो खेलमा अफगानिस्तानलाई ३–० सेटले पराजित गरेको थियो । जितसँगै नेपालले दुई खेलबाट ६ अंक जोडेको छ ।

नेपालले मंगलबार आयोजक बंगलादेशसँग खेल्नेछ । रासस