Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


बागलुङमा गोरु काटेको आरोपमा १० जना पक्राउ


13
Shares

बागलुङ । बागलुङमा गोरु काटेको आरोपमा १० जना पक्राउ परेका छन् । प्रहरीले जिल्लाको गलकोट नगरपालिकाका युवाहरुलाई गोरु काटेको आरोपमा पक्राउ गरेको हो ।

शुक्रबार राति गलकोट नगरपालिका–११ ठुलपोखरीमा गोरु काटेको सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरूलाई शनिबार जिल्ला प्रहरी कार्यालय बागलुङमा झिकाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।

प्रहरीले गलकोट नगरपालिका–११ ठुलपोखरीमा बस्ने ३१ वर्षीय विष्णु श्रीस, ३६ वर्षीय लाल बहादुर श्रीस, मोहन श्रीस, ३८ वर्षीय तुल बहादुर श्रीस, ३० वर्षीय यम बहादुर श्रीस, ३५ वर्षीय टंक सुनार, २६ वर्षीय को मनोज श्रीस, ४१ वर्षीय झम काउच, २८ वर्षीय बल बहादुर विक र ४४ वर्षीय बेल बहादुर श्रीसलाई प्रहरीले पक्राउ गरेको छ ।