काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले कंलकी–नागढुंगा सडक एक महिनाभित्र बनाइसक्न निर्देशन दिएका छन् ।
शनिबार बिहान कलंकी–नागढुंगा सडकको अवलोकन गर्दै उनले एक महिनाभित्र सडक बनाई नसके कारवाही गर्ने चेतावनी दिएका हुन् ।
आफू चढेको गाडीबाट ओर्लँदासम्म नओर्लेर सडकको अवलोकन गर्दै उनले सडकमा देखिएका खाल्डा खुल्डी चाँडो बनाउन र पिच गर्न सरोकारवालाहरुलाई निर्देशन दिए ।
भदौ–१२ गतेभित्र सडक पिच गरी नसके सरकारले कारवाहि गर्ने उनको भनाई थियो ।
राजधानी भित्रने मुख्य सडकको दुरावस्था रहेको टिप्पणी गर्दै उनले चाँडै सडकको स्तरोन्नती गरिने वचन दिए ।
कलंकीदेखि नागढुंगासम्म सडकमादेखिएका खाल्डाखुल्डीमा पानी जमेकाले यातायात संचालन गर्न कठिन भएको छ । घाम लाग्दा धुलो र धुँवाले यात्रुहरु हैरान हुने गरेकाछन् ।
ठेकेदारको लापरवाहीले सडक निर्माण ढिलो भएको उनको भनाई थियो । उनले ढिलासुस्ती गर्ने र ठग्ने छुट कसैलाई नभएको पनि सुनाए ।
बाटो बिस्तार गर्ने क्रममा घर क्षती भएका पीडितले मुआब्जा नपाउँदासमेत सडक बिस्तारमा ढिलाई भएको उनको भनाई थियो ।
उनले सर्वोच्च अदालतले समेत उचित क्षतिपूर्ति दिएर बाटो बिस्तार गर्ने फैसला गरे पछि सडक निर्माण झन अन्योल बनेको बताए ।
मन्त्री महासेठले सरकार समृद्धि र विकासको लागि अगाडि बढेकाले अब विकासमा अवरोध गर्ने कसैलाई नछाडिने चेतावनी दिए ।









प्रतिक्रिया दिनुहोस्