Logo ३ कार्तिक २०८३, मंगलबार | Tue Oct 20 2026


कांग्रेस कार्यकर्ता रिहापछि नुवाकोट बन्द फिर्ता


0
Shares

नुवाकोट । यहाँको विदुर नगरपालिकामा तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले शुक्रबार पक्राउ गरेका कार्यकर्तालाई गएराति नै रिहा गरेपछि नेपाली काँग्रेसले आज गर्ने भनेको नुवाकोट बन्द फिर्ता लिएको छ ।

विदुर नगरले बढाएको एकिकृत सम्पत्ति कर घटाउन माग गर्दै विहीबार नेपाली कांग्रेसले नगरपालिका घेराउ कार्यक्रममा नगरपालिका कार्यालयमा भएको तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ परेका नेपाल विद्यार्थी संघमा आवद्ध नमराज सुवेदी, उत्सव श्रेष्ठ र निरज चित्रकारलाई रिहा गरेपछि आजको जिल्ला बन्दको कार्यक्रम फिर्ता लिएको नेपाली कांग्रेसका जिल्ला सचिव सुरेन्द्रराज अधिकारीले जानकारी दिए ।

जिल्ला बन्दको कार्यक्रम फिर्ता भए पनि कर नघटाएसम्म विरोधका अन्य कार्यक्रमहरु जारी रहने सचिव अधिकारीले बताए ।

विदुर नगरपालिकाले चालु आर्थिक वर्षदेखि नगरक्षेत्रको जग्गाको मूल्यांकन बढाएर एकिकृत सम्पत्ति कर लगाएपछि साविकमा कर तिर्दै आएको कर भन्दा १५ देखि २० गुणासम्म वृद्धि भएको छ ।

उक्त बढेको कर फिर्ता गर्न नगरवासीले माग गरेका छन् । विदुर नगरपालिकाका उपमेयर गीता दाहालले २०७१ सालको निर्णय अनुसार नै कर लगाएको बताए । 

Skip This