सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक संसद भवनमा • Image Khabar Image Khabar


सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक संसद भवनमा


Imagekhabar
२८ जेष्ठ २०७८, शुक्रबार १४:४३

savamukh sarbadaliya meeting

काठमाडौं, जेठ २८ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक शुरु भएको छ ।

संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा भएको बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरु सहभागि हुनुहुन्छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका नेता माधवकुमार नेपाल, संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई, राप्रपाबाट दिपक बोहोरा, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाललगायत नेता सहभागी हुनुहुन्छ ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनाल भने अर्चुअल्ली सहभागी हुने बताइएको छ भने प्रधानमन्त्री केपी ओली भने सहभागी हुनुभएको छैन ।

प्रतिक्रिया दिनुहोस्