चितवनमा 'भेरोसेल'को पहिलो डोज लगाइयाे • Image Khabar Image Khabar


चितवनमा ‘भेरोसेल’को पहिलो डोज लगाइयाे


Imagekhabar
२८ जेष्ठ २०७८, शुक्रबार ०९:२१

चितवनमा 'भेरोसेल'को पहिलो डोज लगाइयाे

चितवन । चितवनमा कूल ११ हजार १७३ जनाले भेरोसेलको पहिलो डोज लगाएका छन् ।

जिल्लामा रहेका सात स्थानीय तहमा उक्त संख्याका नागरिकहरुले खोप लगाएको स्वास्थ्य कार्यालय चितवनकी सूचना अधिकारी गिताञ्जली ढकालले जानकारी दिनुभयो ।

चितवनमा हिजो अन्तिम दिन मात्रै २ हजार ३ सय ८२ जनाले खोप लगाएका थिए । जसमा १ हजार २ सय १८ जना पुरुष र १ हजार १ सय ६४ जना महिलाले खोप लगाएका हुन् ।

जेठ २५ गतेबाट ६२ देखि ६४ वर्ष उमेर समुहलाई खोप लगाउन सुरु गरिएको थियो ।

खोप सुरु भएको पहिलो दिन ३ हजार ९४६ जनाले, २६ गते ४ हजार ८४५ जनाले र २७ गते २ हजार ३ सय ८२ जना गरी कूल ११ हजार १७३ जनाले भेरोसेल खोपको पहिलो डोज लगाएको ढकालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्