
काठमाडौं, कात्तिक २४ । आइतबार सुनको मूल्य एकैपटक ११ सय रुपैयाँले उकालो लाग्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ११ सयले बढेर तोलाको ७१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य गएको शुक्रबार तोलामा ७०० रुपैयाँले ओरालो लागेर तोलाको ६९ हजार ९०० मा कारोबार भएको थियो ।
आइतबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको ८४० मा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रतिऔंन्स १४ सय ६० डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्