६ भाद्र २०८२, शुक्रबार | Sat Aug 23 2025


खाना खान जाँदै गरेका ब्यक्तिमाथि खुकुरी प्रहार


0
Shares

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१० मिनीनकोट खहराका स्थानीय एक ब्यक्तिमाथि शनिबार साँझ अज्ञात समूहले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएकोे छ ।

घाइते हुनेमा लोकनाथ आचार्य छन् । उनी खाना खानको लागी आफ्नो घर नजिकै रहेको सानीमाको घरमा जाने क्रममा बाटोमा धारिलो हतियार खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

घाइते आचार्यको टाउको र हातमा गम्भीर चोट लागेको छ । उनलाई उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँचीबाट हाल भैरहवा रिफर गरिएको स्वास्थ्यकर्मी अशोक चौहानले जानकारी दिए ।

घाइते व्यक्ति शारीरिक अपांग पनि रहेको बताएको छ । आक्रमणकारीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले खोजी गरिरहेको बताएको छ ।