३० असार २०८२, सोमबार | Tue Jul 15 2025


अन्तर्राष्ट्रियस्तरको एकदिने सेफ तालिम


0
Shares

काठमाडौं, कात्तिक २३ । नेपाल भ्रमण वर्ष २०२० अभियान सफल बनाउन सहयोग गर्ने उद्देश्यले एकदिने अन्तर्राष्ट्रिय सेफ तालिमको आयोजना गरिएको छ ।

सीम्याकले आयोजना गरेको तालिमको ट्रेनिङ पार्टनर अडिटर्स एसोसिएसन अफ नेपाल (अडान) रहेको थियो ।

आयोजक सीम्याकका दिनेश तिमल्सिनाले भ्रमण वर्षमा आउने पर्यटकलाई नेपाली खाना विदेशी स्वाद र परिकारमा बनाउन तालिमको आयोजना गरिएको बताए ।

देशका विभिन्न भागबाट आएका नेपाली सेफलाई बेलायतका सेफलगायतले तालिम दिएका थिए ।

भ्रमण वर्ष सचिवालयका बच्चु श्रेष्ठले स्थानीय खानाका परिकार गुणस्तरीयरुपमा पर्यटकलाई दिनुपर्ने बताए ।