अनलाइन व्यवसाय नरोक्न सर्वोच्चको अन्तरिम आदेश • Image Khabar Image Khabar


अनलाइन व्यवसाय नरोक्न सर्वोच्चको अन्तरिम आदेश


Imagekhabar
२४ जेष्ठ २०७८, सोमबार १८:४५

अनलाइन व्यवसाय नरोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, जेठ २४ । सर्वोच्च अदालतले निषेधाज्ञाको अवधीमा अनलाइन व्यावसाय नरोक्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधिश कुमार चुँडाल र सपना प्रधान मल्लको ईजलासले अनलाइन माध्यमबाट हुने खरिद बिक्री तथा होम डेलीभरीको काम नरोक्न अन्तरिम आदेश दिएको हो ।

यस्तै आदेशमा मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म इ–कमर्शको सेवा प्रदान गर्दै आएका कम्पनीहरुको सेवामा रोक नलगाउन आदेश भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्