दीप श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य, दुई दिनमा डिस्चार्ज गरिने • Image Khabar Image Khabar


दीप श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य, दुई दिनमा डिस्चार्ज गरिने


Imagekhabar
२४ जेष्ठ २०७८, सोमबार १५:००

दीप श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य, दुई दिनमा डिस्चार्ज गरिने

काठमाडौं । वरिष्ठ संगीतकार एवं गायक दीप श्रेष्ठको अवस्था सामान्य भएको छ । स्वास्थ्य समस्या देखिएपछि हाम्स अस्पताल भर्ना भएका श्रेष्ठको कोभिड–१९ परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

श्रेष्ठको सम्पूर्ण रिपोर्टहरू सामान्य भएकाले एक–दुई दिनमा डिस्चार्ज गर्ने तयारी भएको उपचारमा संलग्न अस्पतालका डाक्टर तथा नर्सलाई उद्धृत गर्दै गायक प्रमोद खरेलले जानकारी दिनुभयो । खरेल र श्रेष्ठ एउटै रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का कोच हुन् ।

श्रेष्ठ १० दिन अघि अस्पताल भर्ना हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्