१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


आनन्दकुटी आइसोलेशनलाई चु जी फाउण्डेशनको सहयोग


0
Shares

काडमाडौं । चु जी फाउण्डेसन, ताइवानले आनन्दकुटी बिद्यापीठ, स्वयम्भुलाई अटो क्लेभ मेसिन एक थान, पोर्टेबल एक्सरे मेसिन एक थान, ईसीजी मेसिन एक थान हस्तान्तरण गरेको छ ।

फाउण्डेशनको तर्फबाट मैत्री महास्थवीर र मुकुन्द बिष्टले आनन्दकुटी आईशोलेसन सेन्टरलाई उक्त सामग्री हस्तान्तरण गरेको हो भने सेन्टरको तर्फबाट सांसद जीवन राम श्रेष्ठले ग्रहण गर्नुभएको हो ।

५० बेड क्षमताको आइसोलेशन सेन्टरमा हाल २३ जना उपचारका क्रममा हुनुहुन्छ भने २५ जना कोभिड १९ जितेर स्वास्थ्य लाभ गरी डिस्चार्ज भइसकेका छन् ।

काठमाडौं क्षेत्र नं ८ का सांसद जीवनराम श्रेष्ठको संरक्षकत्वमा काठमाडौं महानगरपालिका १५ वडा तथा स्थानियवासीको सहयोगमा संचालन भइरहेको यस अक्सिजनसहितको आइसोलेशनका लागि आनन्दकुटी बिद्यापीठले स्थान उपलब्ध गराएको छ ।

मोडेल हस्पिटल नर्सिङ्ग कलेजबाट मेडिकल टिमले २४ सै घण्टा डाक्टर, नर्सको सेवा प्रदान गरिरहेको छ भने एक्सरे, ईसीजी, कोभिड बिरामीको सम्पुर्ण परिवारलाई पीसीआर टेस्टको ब्यवस्था पौष्टिक खाजाखाना लगायत सम्पूर्ण सुबिधाहरु निःशुल्क रुपमा प्रदान गर्दै आइरहेको छ ।

यस आइसोलेशनबाट स्वास्थ्य लाभ गरी घर फर्कनेहरुलाई अक्सिमिटर, थर्मोमिटर, सेनिटाइजर, मास्क, कोभिड बुकलेट तथा आवश्यक औषधीहरु निःशुल्क प्रदान गर्दै आएकोे संरक्षण सांसद श्रेष्ठले जानकारी गराउनु हुँदै फाउण्डेशनको निरन्तर साथ र सहयोगका लागि कृतज्ञ रहेको बताउनु भएको छ ।

यसअघि पनि यसै फाउण्डेशनलेले ५ थान अक्सिजन कन्सनटे«टर तथा विभिन्न सामग्री सहयोग हस्तान्तरण गरिसकेको छ ।