 
	    काठमाडौं । विगतमा मन्त्री भइसकेका व्यक्तिहरु राजदूतमा सिफारिस भए स्नातक तहको अध्ययन नचाहिने भएको छ ।
मन्त्रिपरिषद्ले विगतमा मन्त्री भइसकेकाहरु राजदूतमा सिफारिस भए स्नातक तह अध्ययन नचाहिने भन्दै निर्देशिका संशोधन गरेको हो ।
गत वैशाख अन्तिम साता विभिन्न ११ देशमा राजदूत नियुक्ति सिफारिस गर्नुपूर्व मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो ।
यसअघि राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमा पारित भएको थियो ।
उक्त निर्देशिकामा राजनीतिक नियुक्ति पाएर राजदूत हुने व्यक्तिको कम्तीमा स्नातक तहको शिक्षा हुनुपर्ने र सम्बद्ध मुलुकका विषयमा भाषासहितका विषयमा जानकार हुनुपर्ने प्रावधान तोकिएको थियो ।
विगतमा मन्त्री भएका बाहेकका हकमा भने स्नातक तह उतीर्ण हुनुपर्ने प्रावधानलाई यथावत राखिएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्