
काठमाडौं, कात्तिक २१ । उच्च अदालत पाटनले ‘एटीएम ह्याक’ गर्ने चिनियाँ ‘ह्याकर’हरुलाई थुनामा राख्न आदेश दिएको छ ।
बिहीबार न्यायाधीश रामप्रसाद ओली र किरण पौडेलको इजलासले नेपालका सातओटा बैंकका एटीएम ह्याक गरेका चिनियाँ र फ्रेच नागरिक गरी ६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
अदालतले नेपाली नागरिकहरुलाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
नेपाली नागरिकहरु रोशन प्रधान र रेवती दुगाडीलाई जनही २६ लाख र देवनाथ लामिछानेलाई ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो ।
प्रतिक्रिया दिनुहोस्