२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


चीनको ‘सिनोभ्याक’ खोपले नेपालमा अनमुति पायो


0
Shares

काठमाडौं, जेठ २१ । नेपालमा चीनको सिनोभ्याक खोपले अनमुति पाएको छ ।

चिनियाँ कम्पनी सिनोभ्याक लाइभ साइन्सले उत्पादन गरेको ‘कोरोनाभ्याक’ खोपलाई औषधि व्यवस्था विभागले नेपालमा प्रयोगका लागि अनमुति दिएको छ ।

सिनोभ्याकले उत्पादन गरेको उक्त खोपलाई गत मंगलबार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आपतकालीन प्रयोगका लागि अनुमित दिएको थियो ।

सिनोभ्याकले उत्पादन गरेको कोरोनाभ्याक खोप चिली, ब्राजिल, इन्डोनेसिया, मेक्सिको, टर्की र थाइल्याण्डमा प्रयोग गरि सकेको छ ।

सिनोभ्याकले उत्पादन गरेको खोप २ देखि ८ डिग्री सेल्सियत तापक्रममा सामान्य ‘रेफ्रिजेरेटर’मा भण्डारण गरेर राख्न सकिने जनाएको छ ।

विभागले सिनोभ्याकको खोपलाई नेपालमा प्रयोग अनुमति दिएसँगै उत्पादक कम्पनीको नेपाल प्रतिनिधि बायोमेटिक्स प्रालिले आयातका लागि अनुमित मागेको छ ।

विभागले यसअघि नै चीनको सिनोफार्म कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ खोपलाई नेपालमा प्रयोगका लागि अनुमति दिइसकेको छ ।