Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


निषेधाज्ञा लम्बिएसँगै दैनिक ज्यालादारी गर्ने मर्कामा, स्थानीय सरकारले ल्याएन राहतका कार्यक्रम


0
Shares

टेकराज अवस्थी
डडेल्धुरा । कोरोना महामारी नियन्त्रण गर्न जारी निषेधाज्ञाले सबै वर्गलाई असर पुर्‍याएको भए पनि समाजका निम्न वर्ग बढी मारमा परेका छन् ।

सुदूरपश्चिमको डडेलधुरामा दैनिक काम गरेर खाने वर्गलाई निषेधाज्ञाले अझ बढी सास्ती दिएको छ ।

कोरोना नियन्त्रण गर्न जारी भएको निषेधाज्ञाबाट दैनिक काम गरेर खाने वर्गलाई सास्ती भएको छ ।

गत वर्ष १२० दिन लामो बन्दाबन्दीको मार्का झेलेका खुद्रा, साना तथा अन्य व्यवसाय एक महिनाको निषेधाज्ञाले धरासायी हुनुका साथै कसरी दैनिक गुजारा गर्ने भन्ने चिन्तामा रहेको खुद्रा व्यवसायी बिष्णुराज पन्त र गणेश प्रसाद भट्ट बताउँछन् ।

सदरमुकामको मुख्य बजार र यातायात पूर्ण रुपमा बन्द भए पनि हप्तामा तीन दिन मात्र खोल्ने गरि जारी भएको निषेधाज्ञाले उनीहरु बढी मारमा परेका छन् ।

खरिद गरेको फलफूल, तरकारीहरु सिमित समयमा बिक्री नहुृँदा समस्या भइरहेको छ ।

यस्तै समस्या यातायात मजदुरले पनि व्यहोर्नु परेको छ । एक महिनादेखि यातायातका साधनहरु बसपार्कमा थन्किएपछि यातायात मजदुरको आर्थिक अवस्था पनि दयनीय भएको यातायात मजदुर प्रकाश केसीको गुनासो छ ।

स्थानीय तहलाई व्यवसाय कर बुझाउने कोरोना प्रभावित खुद्रा तथा साना व्यवसायीहरुका लागि स्थानीय सरकारले यस अघि व्यवसाय करमा छुट तथा उत्पादनमुखि कार्यक्रम ल्याए पनि प्रभावितको माग अनुसार बजेटमा सम्बोधन गर्न तयारी भईरहेको अमरगढी नगरप्रमुख विश्वेश्वर प्रसाद ओझाले बताउनु भयो ।

बैंकको ब्याज तिर्न, घरखर्च टार्न धौधौ भइरहेको अवस्थामा स्थानीय, प्रदेश तथा संघीय सरकारबाट विश्वस्त हुने कुनै पनि कार्यक्रम नआउँदा व्यवसायीहरु निराश भएका छन् ।