 
	    काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञा केही खुकुलो भएको छ ।
उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले खाद्यान्न पसल आजबाट बिहानको समयमा खुल्ने छन् ।
बिहान ९ बजेसम्म किराना पसल खुला गर्न पाइने नियम बनाइएको हो ।
यस्तै काठमाडौंमा बैंक तथा वित्तीय संस्थाले प्रधान कार्यालय र ३ वटा शाखा, वाणिज्य बैंक र विकास बैंकले प्रधान कार्यालय र २ वटा शाखा सेवा दिन पाउने छन् ।
वित्त कम्पनीले प्रधान कार्यालय र एउटा शाखा खोलेर सेवा दिन पाउने छन् ।
अत्यावश्य बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान र बिमा लगायतका कार्यालय भने खुला हुने छैनन् ।
बिहान ९ बजेसम्म मोटरसाइकल वर्कसप भने खोल्न दिइने भएको छ । डिर्पाटमेन्ट स्टोर पनि आजबाट विहानको समयमा खुल्ने छन् ।
तर, दुई मिटरको दूरी कायम अनिवार्य गर्नुपर्ने छ । आजबाट लागु भएको निषेधाज्ञा जेठ ३१ सम्म जारी रहनेछ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्