२४ मंसिर २०८०, आइतबार | Sun Dec 10 2023


बैतडीमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन


0
Shares

विनोद सिंह/ ईमेज

बैतडी । बैतडीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ ।

भारतले हालै सार्वजनिक गरिएको नक्सामा नेपाली भूमी राखिएको बिरोधमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाइएको हो ।

कलाकार भानुभक्त जोशीको नेतृत्वमा पुर्चौडी नगरपालिकाका स्थानीय बासिन्दाले हाटमा रहेको राताशिला चिहानघाटमा मोतीको पुत्ला दहन गरेको त्यहाँवाट राजेश धामीले जानकारी दिए ।

‘भारतीय बिस्तारवाद मुर्दावाद, नरेन्द्र मोदी मुर्दावाद’ को नारा लगाउँदै उनीहरुले पुत्ला दहन गरेका थिए ।

भारतले सार्वजनिक गरेको नयाँ नक्सामा दार्चुलास्थित नेपाली भूमी लिपुलेक,कालापानी, लिम्पियाधुरा भारतमा समावेश गरेको छ ।

भारत सरकारले मिचेको नक्साप्रति नेपाल सरकारले कुटनितिक तवरले समस्याको समाधान गर्नुपर्ने माग रहेको छ ।

भारतको विस्तारवादी नीतिको विरोध गर्दै उनीहरुले नेपालको भू–भाग भारतीय नक्साबाट हटाउन समेत माग गरेका छन् ।

भारतले नेपाली भूमी आफ्नो नक्सामा समेटेपछी देशका अधिकांस स्थानमा बिरोध प्रदर्शन भइरहेको छ ।