Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


नवनियुक्त सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखद्धारा पदभार ग्रहण


0
Shares

कैलाली, कात्तिक  २१ । नवनियुक्त सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले धनगढीस्थित प्रदेश कार्यालयमा आज आफ्नो पदभार ग्रहण गरेकी छिन् ।

बुधबार साँझ धनगढी पुगेकी प्रदेश प्रमुख पन्तले आज पदभार ग्रहण गरेकी हुन् ।

 यसअघि प्रदेश मन्त्री, प्रदेश सांसद, सुरक्षाकर्मी, कर्मचारीलगायतको समूहले फूलमालाले स्वागत गरेको थियो । 

प्रदेश प्रमुखलाई सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले स्वागत गरेका थिए । 

नव नियुक्त प्रदेश प्रमुख पन्तको स्वागतमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, आर्थिक योजना तथा मामिमा मन्त्री झपट बोहरा, भौतिक पूर्वाधार मन्त्री पठान सिंह बोहरा,मन्त्री, उपसभामुखलगायतका उच्च पदस्थ कर्मचारीहरु, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो । 

पदभार ग्रहण गर्दै नवनियुक्त प्रदेश प्रमुखले सुदुरपश्चिमेली जनताको चाहना अनुरुप आफुले काम गर्ने बताइन् । पदभार कार्यक्रममा नेपाली सेनाले सलामी समेत दिएको थियो ।