२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


चिम्नी भट्टाको खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु


0
Shares

सर्लाही । सर्लाहीको कबिलासीमा एक बालकको चिम्नी भट्टाको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ ।

बुधवार बाख्रा चराउन गएको बेला नुहाउने क्रममा भट्टाको खाल्डोमा डुबेर कबिलासी ५ का १० वर्षीय रजनिश कुमार मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीले देखेपछि बालकलाइ बाहिर निकाल्दा उनको मुत्यु भैसकेको थियो ।