
काठमाडौं, कात्तिक २० । स्वदेशी हस्तकला सामग्रीको प्रवर्द्धन गर्ने उद्देश्यले आउँदो मंसिर १२ गतेदेखि हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता हुने भएको छ ।
नेपाल हस्तकला महासंघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी पाँचदिने हस्तकला मेलामा भारत, चीन, अमेरिका, जापानलगायत देशकोसमेत सहभागिता रहने जनाएको छ ।
नेपाली उद्यमी–व्यवसायी, निर्यातकर्ता र आयातकर्ताबीच व्यावसायिक सम्बन्ध विकास गर्न मेलाले सहयोग पुर्याउने महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले बताए ।
मेलामा धातुकला, सुनचाँदी, सुती, ढाकाका सामान, पश्मिनालगायतका सामग्री प्रदर्शनीमा राखिने महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्