Logo १७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026


नेपाली चलचित्र क्षेत्रले डिजिटल माध्यमबाट पनि विश्व बजारमा प्रवेश पाएन्


0
Shares

दिपेन्द्र अधिकारी
काठमाडौं, जेठ १९ । करिब ५० अर्ब हाराहारीको नेपाली फिल्म क्षेत्र कोरोना सुरु भएपछि प्राय ठप्प छ । फिल्म क्षेत्र शिथिल हुँदा यसमा आबद्व जनशक्तिको रोजीरोटी त गुमेको छ नै हलको विकल्पमा डिजिटल रुपबाट विश्व बजारमा हिस्सा खोज्न समेत सकेको छैन ।

हल सञ्चालकहरुका अनुसार दुई सय फिल्महलमा ४० अर्बभन्दा बढी लगानी छ । अन्य चलअचल सम्पत्ति १० अर्ब हाराहारी रहेको अनुमान छ । अर्बौ लगानीकोे नेपाली फिल्म उद्योग दुई वर्षदेखि लागभग कोल्याप्स भएको छ । हजारौंको रोजगारी गुमेको छ भने २ दर्जन हाराहरीमा हल सधैँका लागि बन्द भएका छन् । सोही संख्यामा बन्द हुने जोखिखमा छन् । फिल्म हलले मात्र दैनिक एक करोड घाटा ब्यहोरिरहेको नेपाल चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधान बताउनुहुन्छ ।

झण्डै ४० वटा फिल्मको प्रदर्शन रोकिएको छ । २० वटा फिल्म पोष्ट प्रोडक्शनमा छन् भने १० वटा फिल्म फ्लोरमा छन् । निर्माताले डेढ अर्ब भन्दा बढी घाटा ब्यहोरिरहेको चलचित्र निर्माण संघका अध्यक्ष आकाश अधिकारी बताउनुहुन्छ ।

वर्षमा सयको हाराहारीमा फिल्महरु प्रदर्शनमा आउने गथ्र्यो, तीमध्ये अधिकांशले प्रचारका खर्च समेत उठाउन मुश्किल हुने गर्दथ्यो, तर, फिल्म प्रदर्शनमा आउने वातावरण नहुँदा केही निर्माताहरु भने जोगिएको चलचित्र समीक्षक सामीप्यराज तिमल्सेना बताउनुहुन्छ ।


नेपाली फिल्मको मुख्य बजार भनेको फिल्म हलमात्र हो । युट्युब तथा टेलिभिजन लागयतका माध्यमबाट फिल्मले नाफा कमाउन सक्ने भए पनि युट्युबबाट निर्माण टिमले राहत पाउछन् । फिल्म हलभन्दा बाहिरको नेटफ्लिक्स, अमेजन लगायतका डिजिटल माध्यम विश्व बजारको लागि उपयुक्त भए पनि नेपाली फिल्मको लागि डिजिटल प्लेटफर्म पनि कठिन भएको समीक्षक तिमल्सेना बताउनुहुन्छ ।

संख्यात्मक रुपले बढ्ने गरे पनि गुणत्मक रुपले नेपाली फिल्ममा सुधार नभएको आरोप लाग्दै आएको छ । कोरोनालो ठप्प रहेको यो क्षेत्रले अवस्था समान्य भएपछि ती आरोप पखाल्ने अपेक्षा गर्न सकिन्छ ।