
रौतहट, कात्तिक २० । १२ वर्षअघि भएको सामूहिक हत्याकान्डको अभियोग लागेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमको बाँकी बयान बिहीबार हुने भएको छ ।
रौतहट जिल्ला अदालमा बुधबार दोस्रो दिन पनि बयान नसकिएपछि बाँकी बयान बिहीबार हुने भएको हो ।
मिसिलमा प्रश्नहरु धेरै भएकाले भएकाले बयानका लागि बढी समय लागेको अदालतले जनाएको छ ।
जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा बुधबार पनि बयान लिइएको हो । बिहीबार बयान सकिएपछि थुनछेक बहस हुने बताइएको छ ।
जिल्ला अदालत रौतहटमा आलमसहित ११ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । आलमविरुद्ध कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोट गरी तीनओटा मुद्दा दायर गरिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले तीन अभियोगमा जन्मकैदको सजाय माग–दाबी गर्दै मुद्दा दर्ता गरेपछि उनको बयान थालिएको हो ।
२०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटमा घाइते भएका नारायणसिंह राजपुतका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंह र रुक्साना खातुनका छोरा वसी अख्तरसहितलाई इँटाभट्टामा हालेर हत्या गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्