 
	    काठमाडौं, साउन ११ । एसिया प्यासिफिक ग्रुप अन मनि लाउन्ड्रिङ (एपीजी)को २१औं वार्षिक बैठक शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ ।
एसिया प्रशान्त क्षेत्रमा हुने सम्पत्ति शुद्धिकरण, आतंकवादी क्रियाकलापमा कालोधनको प्रयोग नियन्त्रण, आपसी संयन्त्र विकासलगायतका विषयमा केन्द्रित रही बैठक भएको हो ।
बैठकमा एसिया प्रशान्त क्षेत्रका ४१ देशसहित करिब ५०० प्रतिनिधि सहभागी रहेका थिए ।
चार दिनसम्म चलेको बैठकको उद्घाटनकाक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय भुक्तानी संरचनाको कारण वित्तीय अपराधको जोखिम बढ्दै गएको बताएका थिए ।
विद्युतीय माध्यमबाट हुने भुक्तानी र यसका लागि बनेका संयन्त्रका कारण वित्तीय कारोबारमा जोखिम बढिरहेको उनले उल्लेख गरेका थिए ।
अहिलेको मुख्य चुनौती बनेको भुक्तानीमा प्रयोग भएका आधुनिक प्रविधि र गैर बैंकिङ भुक्तानी सम्बन्धी संयन्त्रबारे बैठकमा विस्तृत् छलफल भएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्