Logo १८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026


प्रतिनिधिसभा पुनःस्थापना हुने कांग्रेसको ठोकुवा


0
Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा पुनःस्थापना हुने ठोकुवा गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को आयव्ययको विवरण (बजेट)को विषयमा आधकारिक प्रतिक्रिया दिन सोमबार गरिएको पत्रकार सम्मेलनमा पार्टीका नेता डा. मिनेन्द्र रिजालले प्रतिनिधिसभा पुनःस्थापना हुने ठोकुवा गर्नुभएको हो ।

सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, ‘प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भन्ने कुरामा कुनै शंका छैन, पुनःस्थापना हुन्छ । पुनःस्थापना भएपछि बन्ने सरकारले बजेटलाई कुन रूपमा अघि बढाउने भन्ने पछिको कुरा हो ।’

डा. रिजालले अहिले बजेटमा दीर्घकालीन कुराहरू समावेश गर्नुभन्दा पनि केही महिना कोभिड–१९ बाट जनतालाई मुक्ति दिलाउन सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

उहाँले देखाउन लायक काम नगरे पनि जनताको टाउको दोब्बरभन्दा बढी ऋणको भार थोपरेको आरोप लगाउनुभयो ।