२० जेष्ठ २०८०, शनिबार | Sun Jun 4 2023


पञ्चकन्या माई हाइड्रोपावरको आइपीओ बाँडफाँट


0
Shares

काठमाडौं, साउन ११ । पञ्चकन्या माई हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ ।

कम्पनीले शुक्रबार प्राथमिक सेयर बाँडफाँट गरेको हो ।

कम्पनीले साउन १ देखि ४ गतेसम्मम ११ लाख कित्ता प्राथमिक सेयर सार्वसाधारणका लागि निष्कासन गरेको थियो ।

कम्पनीको प्राथमिक सेयर एक लाख १०० जनाले न्यूनतम् १० कित्ताका दरले पाएको निष्कासक तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ ।

साधारण सेयरका लागि करिब एक लाख ४६ हजार आवदेकले एक करोड ८४ हजार कित्ताका लागि आवदेन दिएको जनाइएको छ ।