
काठमाडौं, कात्तिक १९ । दराज एपले यही नोभेम्बर ११ मा ‘बिग सेल डे ११/११’ मेला गर्ने भएको छ ।
कम्पनीले ‘वर्ल्ड बिग सेल डे’ ११ वर्ष पुगेको अवसरमा विशेष छुटका साथ कात्तिक २५ गते बिग सेल मेलाको आयोजना गर्न लागेको हो ।
दराजले मंगलबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा ‘मेगा डिल्स’, ‘वेलकम गिफ्ट’, ‘दराज साथी’लगायतका योजना ल्याएको जनाएको छ ।
सेलमा तीन लाख बढी उत्पादनहरु राख्ने तयारी गरेको जनाइएको छ ।
एकदिने मेलामा मेगा डिल्समामात्रै ८० प्रतिशतसम्म छुट हुने कम्पनीले जनाएको छ ।
दराजले डेबिट तथा क्रेडिट कार्डमार्फत् भुक्तानी गर्न सकिने व्यवस्थासमेत गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्