काठमाडौं, कात्तिक १९ । ललितपुर महानगरपालिका वडा नम्बर–१६ ले दोस्रो मेयर कप टेबलटेनिस प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
यही कात्तिक २३ देखि ३० गतेसम्म नागबहालमा आयोजना गरिने प्रतियोगितामा महानगरका २९ ओटै वडाका ४०० बढी खेलाडीले १२ प्रकारका ‘इभेन्ट’मा भाग लिने आयोजकले बताएको छ ।
प्रतियोगिता महानगरपालिकासँग सहकार्य गर्दै ललितपुर जिल्ला टेबलटेनिस संघ र इतिलने युथ क्लबले आयोजना गर्दैछ ।
पहिलो मेयर कप टेबलटेनिस प्रतियोगिता भने वडा नम्बर–११ ले आयोजना गरेको थियो ।





प्रतिक्रिया दिनुहोस्