
काठमाडौं, साउन ११ । शुक्रबार सुनको भाउमा सामान्य कमी आयो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले कमी आएर तोलाको ५६ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य बिहीबार तोलामा १०० रुपैयाँले बढेर तोलाको ५६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको भाउ भने तोलाको ७४० रुपैयाँमै स्थीर रह्यो ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १२ सय २६ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्