६ भाद्र २०८२, शुक्रबार | Sat Aug 23 2025


सुन तस्करीको आरोपमा थप दुईजना समातिए


0
Shares

संखुवासभा, कात्तिक १९ । गएको असोजमा संखुवासभाबाट बरामद गरिएको पाँच किलो सुन तस्करीको आरोपमा थप दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा संखुवासभाको भोटखोला गाउँपालिका–२ का ६० वर्षीय जर्गा भोटे र ३२ वर्षीय छयाङ रिन्जिन भोटे छन् ।

सुनसहित पक्राउ परेका तोप्चेन भोटेको बयानका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैजना सदरमुकाम खाँदबारीमा बस्दै आएका थिए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चीनको तिब्बतबाट किमाथांका नाका हुँदै खाँदबारीतर्फ आउँदै गर्दा भोटखोला गाउँपालिका–२, लिङगमको घटे्खोलाबाट असोज २७ गते तोप्चेन भोटे पक्राउ परेका थिए । उनको साथबाट प्रहरीले पाँच किलो सुन बरामद गरेको थियो ।